शारीरिक बनावट र किनमेलबीच अन्तर्सम्बन्ध
Flnepal news.
शारीरिक बनावटलाई लिएर सबैमा हीनताबोध हुन्छ भन्ने छैन । सयमा ८८ प्रतिशत महिला नयाँ पहिरन आफूलाई फिट नभए वजन कम गर्ने उपाय खोज्छन् । सयमा ४२ प्रतिशत महिला कम्मरको चौडाइ कम गर्न चाहन्छन् । पिँडौला एवं जाँघ कसिलो बनाउन चाहनेहरू सयमा २३ प्रतिशत हुन्छन् । १० प्रतिशत महिला वक्षस्थल सुन्दर बनाउन चाहन्छन् ।
के खरिद गर्ने, कहाँ खरिद गर्ने, कति र कसका लागि कतिमा खरिद गर्ने आदि कुरा युवतीहरूका लागि अत्यन्त पि्रय हुन्छन् । चाडपर्वको किनमेल गर्दा त कयौं दिन पहिलेदेखि नै लिस्ट तयार पारिन्छ । किनमेल गर्नुअघि ट्रायलका बेला भने धेरैमा समस्या देखिन्छ । चेन्जिङ रूमबाट गएर बाहिर आउँदा व्यक्तित्वमा कयौं परिवर्तन महसुस हुन्छ ।
किनमेलकोे अर्थ वस्तुहरूको सूची तयार र खरिद गर्नु मात्र होइन । सही सामान छनौट गर्नसक्नु किनमेलको विशेषता हो । महिलाहरू सुन्दर तथा आकर्षर्क डिजाइनको पहिरन देख्नेबित्तिकै रोमाञ्चित हुन्छन् । आफूले रुचाएको पहिरन फिट नहुँदा ट्रायल रूमबाट बाहिर निस्किएपछि उनीहरूको अनुहारको चमक नै हराउँछ । एक सर्वेक्षणअनुसार किनमेलपछि ६४ प्रतिशत युवतीको आत्मविश्वासमा प्रभाव पर्छ । शरीर सुहाउँदो पहिरन लिन सकिएन भने किनमेलको आनन्द नै हराउँछ । मनमा नराम्रो प्रभाव पर्छ ।
शारीरिक बनावट राम्रो नभए महिलाहरू पहिरन खरिद गर्न जाँदा अरू कसैको शारीरिक बनावटको उल्लेख गर्छन् । उक्त व्यक्तिसित शारीरिक रूपमा उस्तै भएको छवि वर्णन गरेर आफ्ना लागि पहिरन खरिद गर्छन् । एक सर्वेक्षणअनुसार आत्मविश्वास नभएका कारण ५९ प्रतिशत महिला अरूका अगाडि पहिरन ट्राइ गर्न रुचाउँदैनन् । सयमा २८ जना महिला नयाँ पहिरन घरमै ट्राइ गर्न मन पराउँछन् । उनीहरू आफ्नो शारीरिक बनावटअनुसार पहिरनको फिटिङलाई लिएर लज्जाबोध गर्नु नपरोस् भन्ने सोच राख्छन् ।
शारीरिक बनावटलाई लिएर सबैमा हीनताबोध हुन्छ भन्ने छैन । सयमा ८८ प्रतिशत महिला नयाँ पहिरन आफूलाई फिट नभए वजन कम गर्ने उपाय खोज्छन् । सयमा ४२ प्रतिशत महिला कम्मरको चौडाइ कम गर्न चाहन्छन् ।
Thursday, June 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment